वडा प्रहरीले गर्यो भुटनदेवी मन्दिरको सरसफार्इ

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार १७:३२

मकवानपुर २१ असार । मकवानपुरको हेटौंडामा प्रहरीले सरसफाई गरेको छ ।
वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराको आयोजनामा टोलटोलमा प्रहरी भन्ने नारा सहित भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ् भुटनदेवी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राममान श्रेष्ठ ,पत्रकार वह्मदिप बोडिङ् स्कुलका विद्यार्थी र मन्दिर व्यवस्थापन समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक गुरुङ्ले प्रहरी जनताको पहरेदार रहेको र सामाजिक कार्यमा सदैब अग्रसर रहने बताउँदै आगामि दिनहरुमा पनि यस्ता समाजिक कार्यमा लाग्ने बताए ।

त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक श्रेष्ठले जनतालाई प्रहरीले दिने सेवाको ग्यारेन्टी गर्न र जनतामा प्रहरीको कार्यप्रति विश्वास दिलाउन यस्तो कार्यलाई निरन्तरता दिईने बताए । उनले असार २३ गते शनिबार हुप्रचौरमा रक्तदान कार्यक्रमको आयोजना गरीने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*