म्याग्दीको शिशुकल्याण माविमा छात्रावास निर्माण

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार ०८:४८

म्याग्दी, २२ असार । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको राससले जनाएको छ ।

गाउँपालिकाको सहयोगमा करीब रु १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय सुविधाका लागि छात्रावास भवन निर्माण भएको हो । वडाको प्रस्तावमा गाउँपालिकाको रु १० लाख अनुदान र स्थानीयवासीको रु दुई लाख १२ हजार ११३ बराबरको जनश्रमदानमा छात्रावास भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर रोकाले बताए ।

विद्यालयको पुरानो भवनमा तला थपेर छात्रावास बनाइएको हो । फर्निचरको व्यवस्था गरेर छात्रावास सञ्चालन गरिने विद्यालयले जनाएको छ । एसईई परीक्षाको तयारी र टाढाका विद्यार्थीलाई आवासीय सुविधाका लागि छात्रावास सञ्चालन गरिँदै आएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*