समाचार

प्रदेश ३ को राजधानीमा अर्को किचलो, यस्तो आयो अदालतको आदेश

मकवानपुर, २८ असार । प्रदेश नम्बर ३ को स्थायी राजधानी र नामाकरणमा विवाद भइरहेको समयमा अर्को किचलो कानुनी रुपमा देखा परेको छ । प्रदेश नम्बर ३ को स्थायी राजधानीको विषयमा उच्च अदालत पाटन हेटौंडाले बिहीबार कारण देखाउ आदेश जारी    गरेपछि थप किचलो हुने भएको हो । ३ नम्बर प्रदेश राजधानी...

कोल्हवीमा पत्रकारिता तालिम सम्पन्न

–अनिल प्रित कोल्हवी, २८ असार । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ मा एक पत्रकारिता तालिम दिइएको छ । कोल्हवी नगरपालिकाको सहयोग र सञ्चार उत्थान गृह बाराको आयोजनामा तालिम प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारी, अतिथीहरुमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल...

भानु जयन्तीमा हेटौँडामा स्थलगत कविता प्रतियोगिता हुने

मकवानपुर, २८ असार । हेटौँडा ४ कमल डाँडामा अवस्थित नवोदय शिशु सदनले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । विद्यालयले २०५ औँ भानु जयन्ती विशेष कार्यक्रम अन्तर्गत असार २९ गते बिहान ‘प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता २०७५’ को आयोजना गर्न लागेको शिक्षक सिएम रिमालले...

हेटौँडामा ७ दिने मेहेन्दी तालिम सकियो

मकवानपुर, २८ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा ७ दिने मेहेन्दी तालिम आज सकिएको छ । नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरको आयोजनामा तालिम भएको हो । तालिममा ५० जना महिला दिदी बहिनीले सहभागीता जनाएको संघका सचिव केशव  मुडभरीले जानकारी दिएका छन् । मारवाडी एशोसिएसन मकवानपुरको सभाहलमा...

कुलेखानीमा सुमो दुर्घटना, ८ जना घाईते

मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा सुमो दुर्घटना हुँदा ८ जना यात्रु घाइएते भएका छन् । बाराको निजगढबाट काठमाण्डौँको लागि जाँदै गरेको ना १ ज ३४८२ नंबरको सुमो हेटौँडा—कुलेखानी सडक खण्ड अन्र्तगत कुलेखानीमा दुर्घटना भएको हो । सुमो सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ ।...

थाइल्याण्डको गुफामा फसेकाहरुको उद्वारका विषयमा फिल्म बन्ने

हेटौँडा, २८ असार । थाइल्यान्डको थाम लुआङ गुफामा १८ दिनसम्म फसेका अन्डर १६ फुटबल टीमका सदस्य र उनीहरूका प्रशिक्षकहरुलाई उद्वार गरिएको विषयमा आधारित हलिउड चलचित्र निर्माण हुने भएको छ । कुल ७०० करोड रुपैयाँ लागत अनुमानमा बन्ने चलचित्रमा किशोरहरूलाई शुरूमा खोज्ने दुई गोताखोरहरूको विशेष भूमिका रहनेछ । प्योर फ्लिक्स...

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन

अछाम, २८ असार । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ औं अनसनमा बसेका डाक्टर गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै अछाममा प्रदर्शन भएको छ । अछामको वयलपाटा अस्पतालमा प्लेकार्ड सहित प्रदर्शन गरिएको हो । डाक्टर केसीले उठाएका स्वास्थ्य क्षेत्रका मुद्धाहरु नागरिकको पक्षमा रहेको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कर्मचारीले...

बाढी र पानीजहाजलाई जोडेर कुरा गर्नेलाई कारवाहीको माग गर्दै संसदमा चर्किए बस्नेत

काठमाडौँ, २८ असार । नेपालमा बाढी आएर जनधनको क्षति भएको अवस्थामा सरकारलाई कटाक्ष गर्दै पानीजहाजको कुरा निकालेर सामाजिक सञ्जालमा रोईलो गर्नेलाई साईबार क्राइम अन्तर्गत कारवाही गर्नुपर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत संसदमा चर्किएका छन् । बिहीबार संसदमा बस्नेतले आफ्ना धारणा राख्दै बाढी पिडितको संवेदनालाई ख्याल...

६ महिनामै भत्कियो पक्की सडक

कञ्चनपुर, २८ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मापदण्ड बिपरित निर्माण गरिएको सडक ६ महिना नपुग्दै भत्किएको छ । कमसल सामाग्री प्रयोग गरेका कारण सडक ठाउँ–ठाउँमा भासिनुका साथै कालोपत्रे उप्किएको छ । माटोको प्रकार र भौगोलिक अध्ययन एवं परिक्षण बिनै निर्माण गरिएका कारण बाटो भासिएको हो । १५ सेन्टिमिटर ग्राबेल...

भ्याट बिल नदिने ११ मोबाईल पसललाई कारवाही

काठमाडौँ, २८ असार । काठमाडौँको न्यूरोडमा भ्याट बिल नदिई मोबाईल बिक्री वितरण गर्ने ११ वटा मोबाईल पसलाई कारवाही गरिएको छ । करदाता सेवा कार्यालय न्यूरोडले संचारमाध्यममा आएको समाचारका आधारम अनुगमनमा गर्दा भ्याट बिल जारी नगरेको पाइएपछि ती पसलहरुलाई कारवाही गरिएको हो । अनुगमनमा गएको टोलीले खरिद बिक्री खाता अध्यावधिक...