विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १३:५८
File Photo

विराटनगर, ०७ साउन । मोरङका विभिन्न स्थानहरुमा हुकिङ गरी विद्युत् चोरी गरेको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय विद्युत् प्राधिकरण विराटनगरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । टोलीले सुन्दर–हरैचा–५ का नन्दकुमार मुसहर, बुढीगंगा गाउँपालिका–२ का दिनेश साह, मनोज ऋषिदेव, ईसर ऋषिदेव, श्याम ऋषिदेव, राजकुमार बिक र बलबहादुर राजवंशीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*