समाचार

हेटौँडा–कुलेखानी सडक पूनः सुचारु

मकवानपुर, २८ असार । बिहीबार बिहान गएको पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–कुलेखानी सडक पूनः सुचारु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सडक पूर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पहिरो गएका कारण अवरुद्ध भएको खडकखण्ड मध्यान्ह १२ बजेबाट दुबै तर्फ संचालनमा आएको हो...

कर्रा खोलामा बेवारिसे शव फेला

हेटौँडा, २८ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कर्रा खोलामा एक पुरुषको शव फेला परेको छ । मैदा टोल क्षेत्रमा उक्त व्यक्तिको शव कर्रा खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको हालसम्म पहिचान नभएको जिल्ला प्रहरी कार्यालय...

प्रदेशको राजधानी काभ्रे सार्दा यस्तो विजोक हुनसक्ने

मकवानपुर २८ असार । विहिबारको अविरल बर्षाको कारण काभ्रे जिल्लाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । बर्षाकै कारण सवारी साधनहरु समेत संचालनमा आउन सकेका छैनन् । मानव जनजिवन समेत अस्तव्यस्त बनेको छ । प्राकृतिक प्रकोपको रुपमा आउने यस्ता समस्याबाट बढी प्रभावित हुने काभ्रे जिल्लामा प्रदेशको राजधानी सार्दा जोखिम बढ्न...

उपत्यकामा हनुमन्ते खोलाका कारण जनजिवन अस्तव्यस्त,चाँगुनारायणमा ३ जनाको मृत्यु

काठमाण्डौ २८ असार । अविरल बर्षाको कारण काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाकै कारण चाँगुनारायण ७ मा माटोको ढिस्को खस्दा ३ जनाको मृत्यु भएको उपत्यकाका सञ्चार माध्ययमहरुले जनाएका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन् ।...

इङ्ल्यान्डलाई हराउँदै प्रथमपटक क्रोयसिया विश्वकप फुटवलको फाइनलमा

काठमाडौं २८ असार । विश्वकप फुटवलको सेमिफाईनल खेलमा इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको छ ।विहिबार भएको खेलमा इङ्ल्याण्डलाई २–१ गोलको अन्तरले हराउँदै क्रोएसिया फाईनल खेलमा प्रवेश गरेको हो । क्रोयसिया भने २८ बर्ष अघि सेमिफाईनल सम्म पुगेको थियो । खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै...

अविरल बर्षाका कारण बनेपा र भक्तपुर डुब्यो, अन्य स्थानको जनजिवन पनि अस्तव्यस्त

मकवानपुर २८ असार । हिजोदेखि देशैभर परेको अविरल बर्षाका कारण जनजिवन निकैनै अस्तव्यस्त बनेको छ । बर्षाका कारण केहि स्थानमा वस्ती डुबानमा परेका छन् भने केही राजमार्गहरु समेत ठप्प भएका छनु् । वर्षाकै कारण भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहावले भक्तपुरका विभिन्न स्थान जनमग्न भएको महानगरीय प्रहरी परिसर भक्तपुरले...

सरिखेतमा सडक निर्माणलाई प्राथमिकता, बजेट खर्च बारे स्थानीयको चासो

मकवानपुर, २७ असार । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतमा बुधबार सार्वजनिक सुनुवाई भएको छ । राक्सिराङ गाउँपालिकाले १,२,३ (साविकको सरिखेत) र ४ र ५ (साविकको राक्सिराङ गाविस) नम्बर वडालाई समेटेर सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रममा त्यस क्षेत्रका उपभोक्ता समिति, बिभिन्न टोल विकास संस्था, राजनीतिक दल, महिला समुहका प्रतिनिधिहरु...

डा. केसीको मागमा गम्भीर बन्न हेटौँडाबाट आग्रह

मकवानपुर, २७ असार । बौद्धिक मंच मकवानपुरले अनसनरत डा. गोबिन्द केसीको मागका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै मंचका अध्यक्ष सम्राट तुम्बाहाङ्फेले डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् । विज्ञप्ति मार्फत मुलुकमा देखिएको विभिन्न समस्या समाधान गरी...

मध्यमामञ्चलमा जिल्ला कृषि विकास कार्यालय मकवानपुर प्रथम

मकवानपुर, २७ असार । मध्यमाञ्जल क्षेत्र अन्तर्गत रहेका १९ वटा जिल्ला कृषि विकास कार्यालयहरुमा समग्र कार्य सम्पादनका आधारमा गरिएको मुल्याङ्कनका आधारमा जिल्ला कृषि विकास कार्यालय मकवानपुर प्रथम हुन सफल भएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि विकास अधिकृत निर्मल गदालका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा १९ वटा...

संचार माध्यमलाई व्यवसाय कर लगाउने निर्णयको हेटौँडामा विरोध

हेटौँडा, २७ असार । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका संचारमाध्यमहरुलाई व्यवसाय कर लगाउने गरी आर्थिक विधेयक प्रस्ताव गरेपछि हेटौँडा उपमहानगरपालिकाभित्र संचालित संचारमाध्यमका प्रतिनिधिहरुले त्यसको विरोध गरेका छन् । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५–०७६ मा संचारमाध्यमलाई करको दायरामा ल्याउने प्रस्ताव खारेज गर्नुपर्ने भन्दै संचार माध्यमका प्रतिनिधिहरुले नगरप्रमुख हरिबहादुर महतलाई ज्ञापनपत्र...