पल्टियो मलेठ घटनाको फाईल, कसरी गयो ५ जनाको ज्यान ?

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १३:१८

राजविराज, ०७ साउन । सप्तरीको मलेठमा ५ जनाको ज्यान जाने गरी डेढ वर्षअघि भएको घटनाको प्रदेश २ को सरकारले छानविन गर्ने भएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले छानविनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय समिति गठन समेत गठन गरेपछि सो घटनाको फाईल फेरि खुल्न थालेको हो । समितिले १५ तिनभित्र प्रतिवेदन बुझाउने जनाइएको छ ।

गत सोमबार राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन पूर्वाग्रही भएको आरोपसहित असन्तुष्टि बढेपछि प्रदेश सरकारले छुट्टै समिति गठनको निर्णय गरेको हो । २०७३ फागुन २३ मा तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।

घटनाबारे अध्ययन गर्न बनेको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा ‘फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने एमाले, त्यसलाई जुन मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेसी मोर्चा नै मुख्य दोषी रहेको’ भन्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*