दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँन पत्रकारको भुमिका आवश्यक
बाँके ७ साउन । नेपाल र भारत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँन पत्रकारको भुमिका महत्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप–प्रदेशका अध्यक्ष एसएम पारीले बताए ।
नेपालगंजमा पत्रकारहरुसंग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई लिएर दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउन अवश्यक रहेको धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एंव थर्ड एलायन्सका उप–प्रादेशीक प्रमुख आलम खानले नेपाल भारत बिचको रोटीबेटीको सम्बन्ध रहेकोेले अब पत्रकारहरुकाबिच पनि मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मिडिया फोटो ग्राफर्स क्लबले नेपाली पत्रकारहरुलाई सम्पन्न गरेको स्मरण गर्दै भविष्यमा पनि नेपाली पत्रकारहरुलाई क्लब संग जोडनका निम्ती पहल गर्न अनुरोध गर्नु भएको थियो । खानले नेपाल पत्रकार महासंघ भारतीय संचार संस्थाहरु संग समन्वय गर्न तयार रहेको समेत जिकिर गरे ।
कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष आशीष गुप्ताले विगतमा क्लबले नेपाली पत्रकारहरुलाई दिएको स्थानको प्रसशा गर्दै भविष्यमा पनि नेपाली पत्रकारहरुलाई स्थान दिने भन्ने कुरामा विश्वस्त रहेको बताए ।
प्रेस सेन्टर नेपालका अध्यक्ष डक्ट प्रसाद धितालले नेपाली भूमिमा पहिलो पटक स्वागत गर्न पाउद खुशी लागेको बताउदै भारतीय मिडिया हाउसले नेपाली पत्रकारहरुको निशुल्क उपचारका लागि सरकार संग पहल गरी दिन माग समेत गरे ।
