समाचार

कर्रा खोलामा फेला परेको शवको सनाखत

मकवानपुर, २९ असार । मकवानपुरको हेटौँडा ८ कर्रा खोलामा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मैदा टोल क्षेत्रमा खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको शव हेटौँडा ८ कमाने चौउन्नघरे बस्ने लक्ष्मण सापकोटाको रहेको बताइएको छ ।

कृषकलाई रु २४ लाखको कृषि उपकरण वितरण

सुर्खेत २९ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्र्तगत सुर्खेतले जिल्लाका कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ । व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि संस्थालाई कृषिजन्य उपकरण र प्रशोधन यन्त्र सहयोग गरिएको...

मेलम्ची नगरपालिकाका १२ घर पहिरोका कारण जोखिममा

चौतारा, २९ असार । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका १२ घर पहिरोका कारण उच्च जोखिममा परेका छन् । अविरल बर्षाका कारण पहिरो खस्न थालेपछि सिन्धुपाल्चोकको जनजिवन समेत कष्टकर बनेको छ । बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको...

अबदेखि सवारी गुडाउँदा लेन मिचे घरमै फोन आउने

काठमाण्डौ २९ असार । तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गर्नुहुन्छ की हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस् गर्नुस्, तपाईंको घरमै फोन बज्नेछ । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशाषित बनाउन भन्दै...

पहिरोको कारण मकवानपुरको फाखेल सडक अबरुद्ध

मकवानपुर २९ असार । विहिबारदेखि परेको अविरल बर्षाका कारण मकवानपुरको फाखेल सडकखण्ड अबरुद्ध बनेको छ । हेटौंडाबाट काठमाण्डौ जोड्ने फाखेल सडक अबरुद्ध बनेपछि बिरगँज सर्लाही, हेटौंडा लगाएतका स्थानका यात्रुहरु अलपत्र परेका छन् । फाखेल प्रहरी चौकीका अनुसार फाखेलको महालक्ष्मी खोला र सुकौरा ड्याममा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो...

भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती देशभर मनाइदै

मकवानपुर २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती आज देशभर मनाईदै छ । उनको शालिकमा माल्यापर्ण गर्दै उनको सम्झनामा मकवानपुरमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरीएको छ । त्यसैगरी भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य...

बाजुरामा ४ रेक्टर स्केलको भूकम्प

बाजुरा, २९ असार । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद्हरुले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको र सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन् । भूकम्प गएपछि बाजुराको जनजिवत तनावग्रस्त बनेको थियो...

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यू

चौतारा, २९ असार । सिन्धुपाल्चोकको किटेनीमा बोलेरो दुर्घटना हुँदा घटना स्थलमै ५ जनाको मृत्यू भएको छ । विहिबार साझ मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप दुर्घटनामा परको त्यहाका सञ्चारमाध्ययमहरुले जनाएका छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी...

कुलेखानी सुमो दुर्घटना अपडेट–८ जनाको बयोधा अस्पतालमा उपचार हुँदै (घाईतेहरुको नामावली सहित)

मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ किचिनीस्थित हेभी हुमाने हुँदै काठमाडौ जाने सडक खण्डमा सुमो दुर्घटना भएको थप विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त सडक खण्डमा निजगढबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.१ ज्. ३४८२ नम्बरको टाटा सुमो आफै अनियन्त्रित भई सडकको दायाँ...

मनहरीमा कृषि सम्बन्धी ५ दिने अभिमुखीकरण सुरु

मकवानपुर, २८ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर ८ मा आजदेखि कृषि सम्बन्धी ५ दिने अभिमुखीकरण तालिम सुरु भएको छ । कृषकहरुलाई आधुनिक कृषि प्रणालीको बारेमा जानकारी दिई कृषि क्रान्तिमा सहयोग पुराउने उदेश्यले अभिमुखीकरण तालिम गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । कृषकहरुले अझै परम्परागत...