स्कूलरोडमा व्यवसायीको विरोधपछि नो पार्किङ हट्यो

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १३:१०

हेटौँडा, ०८ साउन । सडक नबढाउने तथा अटो तथा मयुरीलाई धमाधम दर्ता गरेर सडकलाई नो पार्किङ जोन घोषणा गर्ने हेटौँडा उपमहानगरपालिकाको निर्णय विरुद्ध हेटौँडा ४ स्कूल रोडका व्यवसायीहरुले तिब्र रुपमा विरोध गरेपछि उपमहानगरपालिका पछि हटेको छ ।

उपमहानगरपालिकाले मंगलबार बिहान ७ बजेबाटै प्रहरी समेत तैनाथ गरेर नो पार्किङ एरिया बनाए पनि अन्ततः ३ घण्टा पनि नबित्दै स्कूलरोडमा व्यवसायी र उपभोक्ताहरुले सवारी पार्किङ गरेका छन् ।

स्कुलरोडका ब्यवसायीहरुको तिब्र बिरोधपछि नो पार्किङ योजनालाई स्थगित गरिएको हो । योजना स्थगित भए पनि बिहान ८ बजे अघि र साँझ ७ बजेपछि मात्र ठुला सबारी पार्किङ गर्न दिने, अरु समयमा ठुला सवारी भित्रन नदिने लगायतका योजना अघि सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*