समाचार
मकवानपुरको बकैयामा ट्याक्टर सडकबाट १ सय मिटर तल खस्यो
मकवानपुर ३० असार । मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका ७ निवासी अक्कलबहादुर मोक्तानको दुर्घटनामा मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ६ त ७३५७ नम्बरको ट्याक्टर बिहान हेटौंडा तर्फ आउँदै गर्दा ट्याक्टर सडकबाट १ सय मिटर...
कञ्चनपुरमा पक्की पुल निर्माण गरिँदै
कञ्चनपुर, ३० असार । कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माणको काम शुरु भएको त्यँहाका सञ्चारमाध्यमहरुले जनाएका छन् । तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । पुल...
२ दिनसम्म पश्चिमका केही स्थानमा अविरल वषाहुने अनुमान
काठमाडौँ, ३० असार । मौषम पूर्वानुमान महाशाखाको जानकारी अनुसार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै शनिवार र आईतवार देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभरि...
बेपत्ता भएका महाशाखा प्रमुख पौडेल २२ दिनपछि मृत अवस्थामा भेटिए
तनहुँ ३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव शनिवार फेला परेको छ । बिहान करीब ८ बजेको समयमा पौडेलको सव तनहुँमा भेटिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान...
भुटनदेवी उच्चमावीका २ विद्यार्थीहरुको अविभावकत्व ग्रहण
मकवानपुर ३० असार । रोट्याक्ट क्लब अफ हेटौंडाले भुटनदेवी उच्च माध्यामिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । कक्षा ४ मा अध्ययनरत श्रीजना अर्याल र कक्षा ५ मा अध्ययनरत प्रजिला विष्टको अभिभावकत्व ग्रहण गरेको हो । दुुवै विद्यार्थीको हालसम्म विद्यालयमा खर्च भएको रकम फिर्ता गरिएको कार्यक्रम...
राप्तीपुलको फलामे बार २ बर्षदेखि गायब
मकवानपुर ३० असार । मकवानपुरको हेटौंडा १० राप्तीखोलास्थित राप्तीपुलको बारको फलामे डण्डी भाँचिएर हराएको निकै बर्ष भएतापनि त्यसको मर्मतमा आजसम्म सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् । २ स्थानमा डण्डी भाँचिएर खसेका कारण रातको समयमा यात्रा गर्ने पैदल यात्रुहरुलाई जोखिम रहेको स्थानियहरुको भनाई छ ।
हेटौंडाको थानाभर्याङका सडकहरुलाई कालोपत्रे गरिँदै
जी न्यौपाने मकवानपुर ३० असार । हेटौंडा ११ थानाभर्याङ स्थित हेटौंडा–भरतपुर २ सय २० केबी प्रशारण लाईन आयोजना कार्यालय बिद्युत प्राधिकारणले सिमल्टारका केहि स्थानका सडक कालोपत्रे गर्न शुरु गरेको छ । प्राधिकरणका अनुसार ९ सय मिटर बाटोमा ग्राबेल बिच्छ्याउने कार्य भईरहेको र ५ सय मिटर बाटो कालोपत्रे गर्ने योजना...
इन्द्रसरोवरमा खोलाले बगाएर १ जनाको मृत्यू
मकवानपुर, २९ असार । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर–१ खड्पुलखेल बस्ने ४८ वर्षीय राजाराम गिरीको बिहीबार सोही ठाउँको पालुङ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
वडा समन्वय समिति हेटौंडा ११मा श्रेष्ठ विजयी
मकवानपुर २९ असार । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ नम्वर वडाको अध्यक्षमा देवकुमार श्रेष्ठ विजयी भएका छन् । शुक्रबार भएको समितिको दोस्रो साधारणसभामा अध्यक्ष पदका प्रत्यासी भोजबहादुर पण्डितलाई श्रेष्ठले पराजित गरेका हुन् । अध्यक्ष पदमा खसेको ७५ मतमा श्रेष्ठले ५७ मत पाएका थिए भने पण्डितले १८...
मुसिकोटमा बस दुर्घटना, एकको मृत्यु, १६ घाइते
रुकुम, २९ असार । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा शुक्रबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामापरी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो...










