विराटनगरमा पाईपबाट ग्यास घरघरमा पुर्याउने प्रयास शुरु
विराटनगर ९ साउन । नेपालका प्रधानमन्त्री केपी ओलीले आफ्नो अधिल्लो कार्यकालमा घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्याउने प्रतिवद्धता जनाएका थिए । सोहि प्रतिवद्धता स्मरण गर्ने बेला आएको छ । विराटनगरको एक वडामा पाईपबाट घर घरमा ग्यास पुर्याउने काम सुरु गरिएको छ ।
भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’ एक सञ्चारमाध्ययमले जनाएको छ ।
विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याउन लागिएको हो ।
तर बिराटनगरको एउटा वडामा घरघरमा पाइपबाट ग्यास पुर्याउने प्रयास भइरहेको छ ।
विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास पुुर्याउन अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।
