मनहरी खोलाले रोक्यो स्थानीयको बाटो, नुनतेल किन्न ९ घण्टा पैदल यात्रा

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १९:३५
तस्बिर : सन्देश थिग । तु खबर

मकवानपुर, ०८ साउन । दैनिक रुपमा परेको झरीका कारण मनहरी खोलामा बाढी आएसँगै राक्सिराङ तथा कैलाश गाउँपालिकाको स्थानियहरुलाई प्रमुख बजार मनहरीमा किनमेल गर्न आउन समेत समस्या भएको छ ।

मनहरी खोलामा बाढी आएका कारण मनहरी खोलाको किनार हँुदै सञ्चालन हुने गाडी बन्द भएको र २ गाउँपालिकाको स्थानियहरु ८ देखि ९ घण्टाको पैदल यात्रा गरी मनहरी बजारसम्म किनमेलका लागि धाउन बाध्य भएका भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । हिउँदको समयमा मनहरी खोलाको किनार हँुदै राक्सिराङ गाउँपालिकाको सरिखेत पलाँसे तथा लवाती र कैलाश गाउँपालिकाको कालिकाटार , भार्ता, रतुवा लगाएतका स्थानसम्म बस सेवा सञ्चालनमा थियो । तर वर्षातको सयम सुरु भएसंगै गाडी सञ्चालनमा बाढी पहिरोले अवरोध गरेपछि त्यहाँका स्थानीयहरु दैनिक उपभोग्य वस्तुहरु नुन,तेल मसला,दाल लगाएतका सामाग्री खरिदको लागी ८–९ घण्टाको पैदल यात्रा गर्न बाध्य रहेको भएका छन् ।

यातायात सञ्चालनको लागि बैकल्पिक बाटो नभएकाले त्यहाँका स्थानीहरु आफ्नो ज्यानलाई जोखिममा राखी खोलाको बाढीलाई वास्ता नगरी खोलै–खोला पैदल याात्रा गर्न बाध्य भएका छन् । सवारीको सुबिधा भएको समयमा एक दिनमै आबश्यक सरसामन किनमेल गरी समयमै घर पुग्ने गरेका स्थानीयहरु अहिले दुई दिन लगाएर पुग्नुपर्ने अवस्था रहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

बाह्रै महिना सवारी सञ्चालनको लागि बैकल्पीक मोटर बाटो भए सजिलै बजार तथा गाउँ आउजाउका लागि सजिलो हुने कैलाश ३ का सागर चेपाङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*