समाचार

नेकपाले एक केन्द्रीय सदस्यलाई दुई गाउँपालिका जिम्मा लाउने

हेटौँडा, ३२ असार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेको कुरालाई मध्यनजर गर्दै एक केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका–नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो । अध्यक्षद्वय...

विदेश पढेका डाक्टर नेपालमा परीक्षा दिँदा ८८ प्रतिशत फेल

हेटौँडा, ३२ असार । नेपालमा मेडिकल कलेज कम भएका काराण भनौँ अथवा अन्य विविध कारणले विदेशमा डलर तिरेर डाक्टरी पढेका विद्यार्थीहरुलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा अधिकांश विदेशमा एमबिबिएस पढेका डाक्टरहरु फेल भएको तथ्य खुलेको छ । गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा...

एकल महिला रानालाई स्वरोजगार बन्न सहयोग ।

मकवानपुर ३२ असार । लायन्स क्लव अफ हेटौडा भुटनदेवीका सचिव तथा समाजसेवी गायत्री श्रेष्ठले विपन्न एकल महिलालाई सहयोग गरेकी छिन्। मकवानपुरमा सकृय ४ वटा लायन्स क्लवहरुको शनिवार हेटौडामा आयोजित संयुक्त बैठकका बीच उनले हेटौडा ४ कि मञ्जु राना मगरलाई स्वरोजगार बन्नकोलागी १० हजार रुपैया सहयोग गरेकी हुन् । विगत...

लेवटका ताराबहादुर कुँवर हेटौंडा सरसफाई गर्ने योजनामा

मकवानपुर ३१ असार । काठमाडौंमा चक्रपथ सरसफाई अभियान शुरु गरेका व्यवसायी ताराबहादुर कुँवरले भदौँको पहिलो साताबाट हेटौंडा सरसफाई अभियान थाल्ने भएका छन् । काठमाडौंमा ४९ हप्ता सरसफाई अभियान सञ्चालन गरेका कुँवरले भदौको पहिलो शनिबारबाट हेटौंडा उपमहानगरपालिका सफा गर्ने बताएका छन् । हेटौंडाका स्थानीयबासीहरुको साथ र सहयोग पाएमा हरेक शनिबार...

प्रधानमन्त्रीको कविता : मरेपछि पनि देश हाँसेको देख्ने सपना

काठमाडौँ ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रचेका छन् । मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त व्यक्त गर्दै उनले कविता लेखेका हुन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना...

डा.केसीको मागको सक्बोधन गर्नुपर्ने : गच्छदार

विराटनगर, ३१ असार । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा.गोविन्द केसीको माग सम्बोधन गरी उनको जिवन रक्षा गर्न सरकार सकारात्मक हुनुपर्ने बताएका छन् । विराटनगरमा विराटनगरमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले विगतमा आफैँ संलग्न रहेको सरकारले डा. केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेश अनुसारकै विधेयक ल्याउन आग्रह...

स्थानीय अस्पतालमै आँखा उपचार केन्द्र खोल्न सरकारलाई सहयोग गर्छु : मुख्यमन्त्री पौडेल

मकवानपुर ३१ असार । ३ नम्बर प्रदेशका मुख्यमन्त्री रोरमणि पौडेलले स्थानीय तहका अस्पतालहरुमा आँखा उपचार केन्द्र पनि आवश्यक रहेकाले सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको मा बोल्दै पौडेल सरकारको प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालन गर्ने तयारीमा...

नुवाकोटको सिसडोलमा फोहोरको डंगुर जनजिवन कष्टकर

मकवानपुर ३१ असार । नुवाकोटस्थित सिसडोलमा फोहोर व्यवस्थापन गर्न निकैनै कठिनाई भएको छ । नियमित रुपमा काठमाण्डौ महानगरपालिकाले फोहोर उठाउन ढिलाई गरेपछि यस्तो समस्या देखिएको स्थानियहरुको गुनासो छ । व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका...

ढल्केबर सवस्टेशन ३ बर्षपछि बन्यो

काठमाडौँ, ३१ असार । तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको छ । सो सवस्टेशनलाई नेपालको प्रसारण हवका रुपमा समेत लिइने गरिन्छ । चिनियाँ ठेकेदार कम्पनी सिसिपिजीबीच २९ जेठ...

अख्तियारले गर्यो भूमिसुधारका नासु खतीवडालाई ३० हजार घुससहित पक्राउ

मोरङ ३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । प्रहरी निरीक्षक राजन कार्की सहित सहितको टोलिल कार्यालयमै घुस खाएको जानकारी पाएपछि आज पक्राउ गरेको विराटनगरका सञ्चारमाध्यमहरुले जनाएका छन् । विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने...