हेटौँडा रातोमाटे जंगलमा एक पुरुषद्वारा झुण्डिएर आत्माहत्या, शवको पहिचान हुन सकेन

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १९:३७

मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ रातोमाटे स्थित जंगलमा एक अज्ञात पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन् ।

मंगलबार करिब मध्यान्ह १२ बजेको समयमा जंगलमा रहेको क्यामुनाको रुखमा झुण्डिएर मृत्यू भएको अवस्थामा अन्दाजी ३४–३५ बर्षको पुरुष फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिचान हुन नसकेको उक्त पुरुष गहुँगोरो वर्णको र उचाई ५ फिट ३ ईन्च रहेको बताइएको छ ।

उनको कपाल खैरो लामो रहेको र निलो कालो भेस्ट तथा कालो ट्रयाक पाईन्ट लगाइएको बताइएको छ । सेतो गन्जि लगाएको तथा बाँया हातमा रातो कपडाले बाँधेको मृत पुरुष मंगोलियन अनुहारको जस्तो देखिएको प्रहरीले जनाएको छ । साथै उनको पहिचान गर्न सक्नेले प्रहरीसँग सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*