चुरियामाई रातोमाटेमा श–शक्ति टोल विकास संस्थाले गर्यो सरसफाई

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १८:४१

मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई रातोमाटेमा श–शक्ति टोल विकास संस्थाले आ–आफ्नो टोलहरुमा सरसफाई गरेको छ ।

रातोमाटेको सिमसार टोल, प्रगति टोल र शान्ति टोलको सँयुक्त रुपमा गठित श–शक्ति टोल विकास संस्थाले वैधानिकता प्राप्त गरे लगत्तै आफ्नो मातहतको टोलहरुमा सर–सफाई कार्यक्रम गर्ने भनी निर्णय भए अनुसार सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई टोलीले ३ वटै टोल पूर्ण रुपमा सरसफाई गरेको थियो ।

हेंटौडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता तथा हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत हिमप्रसाद पौडेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नम्बर १५ का वडा सदस्य तथा महिला जनचेतना सहकारी संस्थाकी अध्यक्ष कुमारी श्रेष्ठ, ठूलो सुकौली टोल विकास संस्थाका अध्यक्ष ईश्वर पाख्रिन, रातोमाटे टोल विकास संस्थाकी उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, सुनौलो टोल विकास संस्थाका कोषध्यक्ष करन कुमार सिंतान, श–शक्ति टोल विकास संस्थाका सल्लाहकार तथा चुरियामाई बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष आईतसिं तितुङ (दीपक) लगायतको आतिथ्यता रहेको थियो ।

सर–सफाई कार्यक्रमका लागि वडाअध्यक्ष महारत्न लामाले ५० जोर पञ्जा र एक सय थान माक्स उपलब्ध गराएका थिए । त्यस्तै चुरियामाई बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष आईत सिं तितुङ (दीपक) ले ६ थान खरेटो उपलब्ध गराएका थिए । कार्यक्रम श–शक्ति टोल विकास संस्थाका अध्यक्ष सन्तलाल दोङको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*