समाचार
६ दिनदेखि बेपत्ता कविताको क्षतविक्षत शव फेला
भीमदत्तनगर, ३२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कविता कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत थिईन् । गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी उनी गायब भएपछि आइतबार परिवारका अन्य...
जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रहरीको क्लास
काठमाडौं, ३२ असार । काठमाडौँ उपत्यकामा जथाभावी सडक पार गर्ने यात्रुलाई ट्राफिक प्रहरीले क्लास लिन सुरु गरेको छ । कार्यक्रम अन्तर्गत हिजो ३९८१ जना पैदलयात्रुलाई ट्राफिक प्रहरीले सचेत गराएको छ । पैदलयात्रुको सुरक्षालाई मध्यनजर गरेर महानगरिय ट्राफिक प्रहरी महाशाखाले सडकमै सचेतना अभियान शुरु गरेको हो । ललितपुरको जावलाखेलमा हिजोबाट...
संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका मानवअधिकारकर्मीहरु पक्राउ
काठमाडौँ, ३२ असार । सरकारले मानव अधिकारमा दख्खल पुग्ने गरी लिइएका निर्णयहरुको विरोध गर्दै संसद भवन अगाडि प्रदर्शन गर्न पुगको मानवअधिकारकर्मी कृष्ण पहाडीसहित दुई दर्जन भन्दा बढी मानवअधिकारकर्मीहरु पक्राउ परेका छन् । सोमबार दिउँसो संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका मावअधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो । सरकारले स्वतन्त्रता विरोधी...
नेकपाको आकस्मिक बैठक आज साँझ, के हो सेटिङ ?
काठमाडौँ, ३२ असार । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज साँझका लागि आकास्मिक बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक के विषयमा केन्द्रित छ भन्ने बारे पूर्ण जानकारी खुलेको छैन । तर एक सदस्यका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । पछिल्लो...
लियो क्लव अफ हेटौँडा भुटनदेवीको अध्यक्षमा अधिकारी
हेटौँडा, ३२ असार । लियो क्लब अफ हेटौँडा भुटनदेवीको वर्ष २०१८–१९ को अध्यक्षमा अनिल अधिकारी चयन भएका छन् । त्यस्तै कार्यसमितिको प्रथम उपाध्यक्ष प्रतिष्ठा मान्धर, द्वित्तीय उपाध्यक्ष जिविका विडारी, तृतिय उपाध्यक्ष रुपक कालिराज, चौथो उपाध्यक्ष सुरज घलान, सचिव अर्जुन सञ्जेल, सह–सचिव रितेश ढुङ्गाना, कोषाध्यक्ष आशिष लामा, सह–कोषाध्यक्ष अस्मिता चौलागाई,...
हेटौँडामा विद्यार्थीले घेरे क्याम्पस
हेटौँडा,३२ असार । अधिकांश आन्दोलन भइराख्ने मकवानपुरका कलेजहरुमा ताला लगाउने र कलेज घेराउ जस्ता आन्दोलनको कार्यक्रम बढ्दै गएको छ । यसैबिच मकवानपुरको हेटौँडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जारी आन्दोलन अन्तर्गत आज र्याली सहित क्याम्पस घेराउ गरिएको छ । केन्द्रीय क्याम्पसमा विद्यार्थीलाई कुनै सुविधा दिन नसकेको आरोप लगाउँदै...
खुकुरी प्रहार गर्ने युवक पक्राउ
खोटाङ, ३२ असार । खुकुरी प्रहार गरेको अभियोगमा खोटेहाङ गाउँपालिका–९ रसुवाघाँट बस्ने ३५ वर्षीय काले माझीलाई खुकुरी सहित प्रहरीले आइतबार पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनले सोही स्थान बस्ने ५३ वर्षीय ध्यानबहादुर माझीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि...
हातहतियार सहित ३ जना पक्राउ
काठमाडौं, ३२ असार । ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड ईन जर्मन लेखिएको पेस्तोल १ थान, ५ राउण्ड गोली र २ थान म्याग्जीन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।...
लागुऔषधसहित एक युवक पक्राउ
बारा, ३२ असार । बारा जिल्लाको महागढीमाई नगरपालिका ७ बाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । ललितपुर जिल्लाको चापागाउँ बस्ने ३० वर्षिय अनिल देसारलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश तेलकुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले बारा जिल्लाको...
डेढ लाखको कपडासहित ३ जना पक्राउ
रुपन्देही, ३२ असार । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट एपीएफ टोलीले करीव १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बस्ने ३० वर्षिय स्वहान गुप्ता, २२ वर्षिय किस्मत सेख र ३५ वर्षिय मोहन गुप्ता...










