आज गुरु पूर्णिमा मकवानपुरमा पनि मनाइदै
मकवानपुर ११ साउन । आज आषाढ शुक्ल पूर्णिमाको दिन देशैमरका मानिसहरुले आफुलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव राखी गुरु पूर्णिमा मनाईदै छ । आजको दिनमा शिक्षा, संगीत र खेलकुद लगाएतका विभिन्न क्षेत्रका गुरुहरुलाई श्रद्धाभाव राख्दै चेलाहरुले उपहार दिने प्रचलन रहेको छ ।
गुरु पूर्णिमा मकवानपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैं छ । विभिन्न शैक्षिक संस्था , खेलकुद, संगित आश्रम लगाएतका स्थानहरुमा गुरुपुर्णिमा भव्य रुपमा भनाईदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
