डा. केसीसंगको वार्ता भाड्न काँग्रेसीहरु रातभर सुतेनन् : नेकपा
काठमाण्डौ ११ साउन । नेपाल कम्यूनिष्ट पार्टीका शीर्ष नेताहरुले आफुहरुको ठूलो प्रयासका कारण डा. गाविन्द केसीसंग सहभति भएको बताएका छन् । काँग्रेसले षडयन्त्र गरेर वार्ता भाड्न गरेको प्रयास असफल पार्दै आफुहरुले ९ बुँदे सहमतीमा वार्ता सहमति गराएको उनीहरुको भनाई छ ।
नेकपा संसदीय दलको आज शुक्रबार भएको बैठकमा यसबारे प्रधानमन्त्री केपी सर्मा ओली र अध्यक्ष प्रचन्डले सहमतिको विषयमा निकैबेर नेकपाको बयान गरे ।
केसी पक्षसंग वार्ता हुन थालेपछि काँग्रेसीहरु छट्पछट्टीएको भन्दै नेकपाका एक साँसदले बयान गरे ।
सोहि बैठकममा जानकारी दिँदै नेकपा अध्यक्ष प्रचण्डले आफुहरुले बर्ता सकारात्मक बनाउनको लागि काँग्रेस अध्यक्ष शेरबहादुर देउवालाई टेलिफोन गर्दा समेत देउवाले आफुलाई मतलब नभएको भन्दै रुखो जवाफ दिएको बताए ।
प्रभण्डले काँग्रेसीहरु वार्ता भाड्न रातभर नसुतेर लागिपरेको आरोप समेत लगाए ।
