समाचार
जंगली च्याउ खाँदा १ को मृत्यू
दाङ, ०१ साउन । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा असक्त भएका घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी बस्ने ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको छ । असार २७ गते जंगलबाट च्याउ ल्याई पकाएर खाँदा गम्भीर बिरामी भएका घर्तीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । यस...
ढोकाको ताल्चा फोरेर चोरी
मोरङ, १ साउन । मोरङको बिराटनगर महानगरपालिका–७ नौलखामार्ग बस्ने जितेन्द्र नौलखाको घरमा सोमबार कोही नभएको अबस्थामा चोरी भएको छ । ढोकाको ताला फोडेर नगद नेपाली रुपैयाँ ३ लाख १० हजार, भारतीय रुपैयाँ १० हजार र १ तोला सुनको औठी चोरी भएको प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजतलास गर्नुको...
पाँच तला माथिबाट खसेर मृत्यु
बाँके, १ साउन । बाँकेको नेपालगंज उपमहानगरपालिका–१ स्थित निर्माणाधिन भवनमा काम गर्ने भारत कानपुर बस्ने २२ वर्षीय मनु कुमार गौतमको ५ तला माथिबाट खसेर मृत्यु भएको छ । सोमबार राति काम सकेर सुत्न जाने क्रममा उक्त भवनबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपालगंज नर्सिङ होमतर्फ लैजाने क्रममा...
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ, ०१ साउन । मुलुकका विभिन्न स्थानहरुमा भएको छुट्छुट्टै सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशाहामा ना.६ ख ४६८० नम्बरको ट्रकले ना.९ प ८९८ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा मोटरसाइकल चालकको ज्यान गएको छ । ठक्करबाट सिराहा लहान नगरपालिका–८ बस्ने ५० वर्षीय...
चितवन राष्ट्रिय निकुञ्जका २६ वटा गैँडा मरे
चितवन, १ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा मात्रै २६ वटा गैँडा मरेका छन् । विषेश गरी जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर जस्ता कारणले गैँडाहरुमरेको निकुञ्जले जनाएको छ । गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए...
३ जना बालिकाको डुबेर मृत्यु
काठमाडौं, १ साउन । मुलुकका विभिन्न स्थानहरुमा ३ जना बालबालिकाको डुबेर मृत्यू भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाँके, सुनसरी र महोत्तरीमा ती बालिकाहरुको ज्यान गएको हो । बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने भरत शर्माकी ११ वर्षीया छोरी अपेक्षा शर्माको सोमबार डुवेर मृत्यु भएको छ । सोही ठाउँस्थित...
यो वर्षको असार सकियो तर कर्णालीमा रोपाई भने सकिएन
सुर्खेत १ साउन । असार महिना वितिसक्दा समेत कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको जानकारी अनुसार समयमा पानी नपरेकै कारण कर्णाली अञ्चलका डोल्पा र जुम्लामा मात्रै रोपाइँ सम्पन्न भएको छ तर बाँकी जिल्लाका ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन । सुर्खेत र दैलेखमा...
ब्राउन सुगरसहित युवक पक्राउ
बाँके, ०१ साउन । बाँकेको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका पैदलयात्री जानकी गाउँपालिका–६ पिप्रहवा बस्ने २२ वर्षीय रामु चौहानलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १.५ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेपछि उनलाई नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले...
मनहरीको खरङ्गा जंगलबाट ज्ञानु पक्राउ
काठमाडौं, ०१ साउन । मकवानपुरको मनहरी गाउँपालिका–९ बस्ने ४० वर्षीया ज्ञानु मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोही ठाउँको खरङगा जङ्गलबाट लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानतलासीका क्रममा उनको साथबाट डेढ किलो गाँजा फेला परेपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिकाले गर्यो तीनपाङ्ग्रे सवारीमा रोक
मकवानपुर १ साउन । चितवन जिल्लाको भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै शहरका मुख्य मुख्य स्थानका सडकहरुमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको चितवनका सञ्चारमाध्यमहरुले जनाएका छन् । । महानगरले यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक...










