राति हराएकी १३ वर्षीया बालिका उखुबारीमा मृत फेला

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १८:३१
File Photo

कंचनपुर, ११ साउन । कंचनपुरको भिमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने दुर्गा पन्तकी छोरी १३ वर्षीया निर्मला पन्त शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

गएराति घरबाट हराएकी उनको स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव फेला परेको हो । घटनामा शंकास्पद रहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*