मनहरीमा भोल्टेज कम भएपछि धमाधम ट्रान्समिटर राखिदै
मकवानपुर, ११ साउन । मनहरी गाउँपालिका वडा नम्बर २ मा भोल्टेज कम भइरहने समस्या बढ्दै गएपछि सो समस्या समाधानका लागि नयाँ ट्रान्समिटर राख्ने कार्य सुरु भएको छ । वडा अध्यक्षको पहलमा समस्या समाधानको प्रयाश थालिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।
भोल्टेजमा समस्या आएपछि व्यक्ति तथा अन्य बिद्युतीय सामाग्री प्रयोगमा समस्या आएको जनगुनासो बढ्न थालेपछि वडा नम्बर २ का अध्यक्ष बिरबहादुर घलनले ट्रान्समिटर राख्ने कार्य थालिएको बताए । यो भन्दा पहिला ५० केभीको ट्रान्समिटर भुन्द्रुङमा रहेको थियो । उक्त ट्रान्समिटरको दुरी टाढा रहेकाले वडा नम्बर २ को तिनतले तथा भिमानका स्थानीयहरुको घरमा बिजुली राम्रोसंग बल्न सकेका थिएनन् ।
अहिले तिनतलेमा नयाँ ट्रान्समिटर राख्ने कार्य अगाड बढेसंगै त्यहाँका सेवाग्राहीहरुले पुरा भोल्टेजमा व्यक्ति तथा अन्य विद्यूतिय सामाग्री प्रयोग गर्न सकिने अपेक्षा लिइएको छ । मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४ ७५ को ९ लाखको बजेट ब्यबस्था गरिदिएसंगै ५० केभी को ट्रान्समीटर राख्ने कार्य अगाडि बढेको हो ।
