थाहा नगरपालिकामा आइपीएम पाठसाला सकियो

तु खबर संवाददाता
२०७५ श्रावण १२, शनिबार १२:२४

मकवानपुर १२ साउन । मकवानपुरको थाहा नगरपालिकाको झम्केश्वरी आइपीएम एकीकृत शत्रुजीव व्यवस्थापन पाठशालाको एक समारोहकाबीच समापन गरिएको छ । कृषि तथा वन विश्व विद्यालय अनुसन्धान तथा प्रचार निर्देशनालय कृषि विभागको आयोजनामा भएको पाठशालाको १४ औं हप्तामा समापन गरिएको हो ।

समापनको अवसरमा कृषि प्राविधिक राजेन्द्र रेग्मीले रोग किराको विषयमा किसानहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा डाक्टर नवराज देवकोटा, दुर्गा देवकोटा लगायतको विशेष उपस्थिती रहेको थियो । पाठशालामा खुम्रे किरा, लाही किरा, रातो कमिला नियन्त्रणको विषयमा केन्द्रीत रहेको कृषि प्राविधिक संगिता खतिवडाले जानकारी दिइन् ।

समापन कार्यक्रममा कृषक समूहमा आवद्ध कृषकहरु, प्राविधिक सृजना पौडेललगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*