हेटौंडा राइडर्स क्लबले गर्यो धन्यवाद ज्ञापन

तु खबर संवाददाता
२०७५ श्रावण १२, शनिबार १२:०५

मकवानपुर १२ साउन । गत श्रावण ५ गते हेटौंडामा कोरा साइकलिङ कार्यक्रम सम्पन्न गरेको हेटौंडा राइर्डस क्लबले शनिबार हेटौडामा धन्यबाद कार्यक्रम गरेको छ ।
स्थानिय पर्यटन प्रवद्र्धन हुने तरिकाले कोरा कार्यक्रमको आयोजना सफल्तापुर्बक सम्पन्न गरेको भन्दै क्लबले कार्यक्रममा सहयोग गर्नेहरुलाई धन्यबाद तथा मायाको चिनो प्रदान गरेको हो । साइकलिङ कार्यक्रममा देशभरका १ सय ६० जना साईकल राइर्डसहरुले सहभागिता जनाएको क्लबका अध्यक्ष बिकाश ताम्रकारले बताए ।
उनले यसपटकको कार्यक्रममा अन्तराष्ट्रिय साईकल यात्रीहरुको समेत सहभागीता रहेको बताए । ‘हेटौंडा कोरा २०१८ अप्रतियोगी साइकलिङ च्यालेन्ज’मा साईकल यात्रीहरुले ५० किलोमिटरको यात्रा गरीएको क्लबका सचिब सफल अधिकारीले बताए ।

मायाको चिनो तथा धन्यबाद कार्यक्रम्मा महालक्ष्मी बैंक शाखा प्रमुख शम्भु पराजुली,सानिमा लाईफ ईन्सुरेन्सका शाखा प्रमुख निरज ढकाल,कैलास बिकाश बैकका शाखा प्रमुख ईश्वर श्रेष्ठ,रेडियो थाहा संचार एफ एमका स्टेशन म्यानेजर मणिराज गौतम लगाएतले हेटौंडा राइर्डस क्लबका गतिबिधिहरुको बारेमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रम हेटौंडा राइर्डस क्लबका अध्यक्ष बिकाश ताम्रकारको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*