समाचार

अवैध सुन तस्करी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं, ०१ साउन । बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गहनाहरु तस्करी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा शहिदनगर नगरपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने ५० वर्षीय मुनिलाल भन्ने राम सुगारत यादब र...

वन, शिक्षा कार्यालयदेखि जिल्ला अस्पतालसम्मको ३२ हजार सरकारी कर्मचारीको जागिर चैट

मकवानपुर, ०१ साउन । सरकारले आजदेखि देशका १८ वटा सरकारी कार्यालयहरु खारेज भएको घोषणा गरेसँगै ती कार्यालयहरुमा काम गर्ने करिब ३२ हजार सरकारी कर्मचारीहरुको जागिर सकिएको छ । सरकारी कार्यालयमा करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारीले आजबाट अवकाश पाएका हुन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि...

अटो व्यवसायीहरुको आक्रोश : हेटौंडामा ठूला सवारीमात्र रोक्न पाईने हो ?

जी. न्यौपाने । मकवानपुर १ साउन । मकवानपुरको हेटौंडामा पर्याप्त पार्कीङको व्यवस्था नभएको र भएको स्थानमा पनि साना सवारीका लागि पार्कीङको व्यवस्थापन नमिलाईएको भन्दै अटो व्यवसायीहरुले गुनासो गर्न थालेका छन् । पछिल्लो समयमा हेटौंडा उपमहानगरपालिकाले पार्कीङको विकल्प सहितको व्यवस्थापन विनानै सडक तथा चोकहरुमा अटो तथा मोटरसाईकल पार्कीङमा अवरोध गरेपछि...

मकवानपुरका एक यस्ता श्रीमान जसले ढोका नखोलेको निहुँमा आफ्नी श्रीमतीलाई कुटेर मारे

मकवानपुर, ०१ साउन । श्रीमान–श्रीमती एकअर्काका सहारा हुन् अनि एकअर्काका परिपुरक पनि । तर कहिलेकाँही समाजमा यस्ता घटना पनि हुन्छन् जुन घटनाले पति वा पतिको ज्यादती, निष्ठुरता र निर्दयीता झल्काइदिन्छ । मकवानपुरमा यस्तै एक घटनाले स्थानीयको होस् उडाइदिएको छ । मकवानपुरको थाहा नगरपालिकामा एक श्रीमानले ढोका नखोलेको निहुँमा आफ्नी...

आजदेखि १८ सरकारी कार्यालय खारेज, सेवा लिन कहाँ जाने ?

मकवानपुर, ०१ साउन । सरकारले साउन १ गतेदेखि जिल्ला तहमा रहने १८ वटा सरकारी कार्यालयहरुलाई खारेज गरिदिएको छ । यस अघि नै सरकारले सार्वजनिक गरेको सूचि अनुसार नै कार्यालयहरु खारेज भएका हुन् । यद्यपि ती सरकारी कार्यालयहरु खारेज भएता पनि प्रमुख जिल्ला अधिकारीहरुलाई नै त्यसको पूर्ण जानकारी प्राप्त भएको...

भीमफेदीमा सार्वजनिक सुनुवाई, सेवाग्राहीलाई कुनै झण्झट हुन दिन्नौँ : अध्यक्ष लामा

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सुशासनको अभियानमा आफ्नो गाउँपालिका क्रियाशील भएर लागेको बताएका छन् । हिजो गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष लामाले सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि आफ्नो र गाउँपालिकाको तर्फबाट पूराका पूरा काम हुने बताए । गाउँपालिकाको काम गर्ने क्रममा आफूले भ्रष्टाचार...

मनहरीमा १ सय ५० घर धुरीलाई बिरुवा वितरण

मकवानपुर, ३२ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई विभिन्न प्रजातिका बिरुवाहरु बितरण गरेको छ । ‘एक घर एक बिरुवा रोपौँ ,स्वच्छ वातावरण बनाऔ’ भन्ने मुल नाराका साथ ८ प्रजातिका १ हजार ६ सय ५० वटा बिरुवा वितरण...

रोकी राखेको जीप ब्याक भएर दुर्घटना हुँदा एकको मृत्यू

प्युठान, ३२ असार । प्युठान जिल्लाको गौमुखी गाउँपालिका ७ नारिकोटमा आइतवार साँझ रोकी राखेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि ५५ वर्षीय कन्यादेवी थापा मगरको मृत्यु भएको हो । उनको नारिकोट स्थित...

हतियारसहित २ जना पक्राउ

काठमाडौं, ३२ असार । हतियार सहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–२ बस्ने २६ वर्षीय खुमबहादुर थापा र २४ वर्षीय खडक सुनारलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान बाह्रबोर बन्दुक र त्यसको २ राउण्ड गोली फेला परेपछि आइतबार प्रहरीले उनीहरुलाई पक्राउ...

भारतमा अब सेल्फी खिच्दा पनि पैसा पाईने

भारत, ३२ असार । सेल्फी खिच्दा पैसा पाईन्छ भन्ने कुरा सुनेर तपाईलाई अचम्म लाग्ला तर भारतमा साँच्चै सेल्फी खिचेर अपलोड गर्दा समेत पैसा आउने भएको छ । हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत पैसा दिने निर्णय गरेको हो । इन्डियन एक्सप्रेसका अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा...