मकवानपुरमा पौडी खेल्दै गर्दा २० वर्षीय युवक बेपत्ता
मकवानपुर, ११ साउन । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ फुलढुङ्गा स्थित खोलाखर्कमा पौडी खेल्ने क्रममा बिहीबार एक युवक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर १ कृष्णनगर घर भई हाल मकवानपुरको कैलाश गाउँपालिकाको क्ष्याङदुङमा निर्माणाधिन रहेको क्ष्याङदुङ निमाविमा लेवरको काम गर्ने बर्ष २० को सुरेश आले मगर बेपत्ता भएका हुन् । उनको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
