समाचार
बकैया गाउँपालिकाको बजेट ५० करोड
मकवानपुर, ३२ साउन । मकवानपुरको बकैया गाउँपालिकाले करिब ५० करोड बजेट विनियोजन गरेको छ । आईतबार भएको तेस्रो गाउँ सभा मार्फत बजेट पारित गरिएको हो । गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको सभामा आगामी आर्थिक विकास आयोजनामा पर्ने कृषि,पशु, सहकारी, पर्यटनमा १ करोड, ५६ लाख ४६ हजार रकम विनियोजन...
उपत्यकामा साउन १ देखि टाइमकार्ड लागुहुने
काठमाडौँ ३२ असार । सवारी दुर्घटना बढ्नथालेपछि उपत्यकामा दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड लागू गरिेने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएकोले टाईमकार्ड लागु गर्न लागिएको हो । उक्त कार्ड लागू गरेपछि ट्रक,...
मानन्धर बने पाँचौ आँखाको नानी दानकर्ता
हेटौँडा, ३२ असार । नेपाल भाषा खलःका अध्यक्ष मंगलकृष्ण मानन्धरको आँखाको नानी संकलन गरिएसँगै उनी हेटौँडा सामुदायिक आँखा अस्पतालमा आँखाको नानी दान गर्ने पाँचौ व्यक्ति बनेका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर २ निवासी मानन्धरको असामायिक निधन भएपछि छोरी ज्वाँई र परिवारका सदस्यहरुले उनको सामाजिक क्षेत्रमा सक्रियताको सम्मान गर्दै...
विश्वकप फुटवल – कसले कति पुरस्कार पाए ?
मकवानपुर ३२ असार । विश्वकप फुटवलको २ हजार १८ को उपाधि फ्रान्सले हात पारेको छ । रसियामा २१औं संस्करणको फिफा विश्वकप फुटबलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको थियो । उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ ।...
डा.गोविन्द केसीको अवस्था निकैनै गम्भीर भएपछि भेन्डिलेटरमा
मकवानपुर ३२ असार । डा. गाविन्द केसीको स्वास्थ्य अवस्था निकैनै गम्भीर भएको बिषयमा आजको नागरीक दैनिकमा समाचार छ । उनी १६ दिनदेखि अनशनरत छन् । हाल उनलाई भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। डा.केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी...
नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढेको बढ्यै, कहिले घट्छ अरु देशमा जसरी ?
हेटौँडा, ३२ असार । नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढिरहँदा विश्वमा भने यसको मुल्य सस्ता पारिँदै लगिएको छ । नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएको खबर आजको नागरिक दैनिकमा समाचार छ । सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट...
पेलेपछिका उत्कृष्ट खेलाडी बने फ्रान्सका एम्बाप्पे
काठमाडौं ३२ असार । विश्वकप फुटवलमा फ्रान्सका एक खेलाडी चर्चामा रहेका छन् । पेलेपछि केलियन एम्बाप्पेले विश्वकप फुटवलको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्स र क्रोएसियाबीच भएको फाईनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गालेले पराजित गरेको थियो जसमा एम्बाप्पेले पनि गोल गरेका थिए । १९ वर्ष २०७...
सुनकाण्ड अपडेट– गोरेका भाई यूएईबाट पक्राउ
हेटौँडा, ३२ असार । निकै नै हल्लाखल्लापछि अहिले केही साम्य भएको साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे का भाइ रमेश उप्रेतीलाई यूएईमा पक्राउ गरिएको छ । नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहांको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको...
महानगरीय प्रहरीले गर्यो पेस्तोल र गोलीसहित ३ जना पक्राउ
काठमाडौँ, ३२ असार । महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको काडमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् । परिसरको टोलीले ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड इन जर्मनी लेखिएको पेस्तोल र गोलीसहित ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल तथा...
प्रशासनले सार्वजनिक गर्यो यस्तो तथ्याङ्क, भक्तपुर डुबानबाट १२ करोडको क्षति
भक्तपुर, ३२ असार । अविरल बर्षाका कारण भक्तपुरमा बाढिपहिरो संगै बस्ती डुवान पनि भयो । जसका कारण मानव जनजिवनमा क्षति त पुग्यो नै के कति क्षति भयो त्यसको समेत तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५०...










