अटो रिक्सा व्यवसायी र भरतपुर महानगरपालिकाबीच भयो ५ बुँदे सहमति

तु खबर संवाददाता
२०७५ श्रावण १०, बिहीबार ०९:५४
file photo

चितवन १० साउन । अटो रिक्सा चालक तथा भरतपुर महानगरपालिकाबीच ५ बुँदे सहमती भएको छ । महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि अटो तथा रिक्सा व्यवसायीहरु केहि दिन अधिदेखि आन्दोलनरत थिए ।

भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते समेत भएका छन् ।

साँझ भएको वार्तामा गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ । सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा गुड्न पाउने छैनन् । वारपार गर्ने १८ वटा बिन्दु बाहेक महानगरको राजमार्गमा अटो रिक्सा र ट्याम्पो नगुडाउने सहमति भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*