लागुऔषध सहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण १०, बिहीबार १६:२५
File Photo

काठमाडौं, १० साउन । बाँकेको नेपालगंज उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय मोहसिम शाह सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतको रूपडियाबाट नेपालगंज आउँदै गरेका उनीहरुलाई सोही उपमहानगरपालिका–१५ बाट उक्त लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै सर्लाहीको हरीपुर नगरपालिका–९ पिडारीस्थित सडकबाट प्रहरीले लागूऔषध गाँजा ५ के.जी बरामद गरेको छ । पिडारीबाट हरैयातर्फ जाँदै गरेको ना.४ प ८६३७ नम्बरको मोटरसाइकललाई बुधबार जाँच गर्न खोज्दा मोटरसाइकल चालक प्रहरीलाई देख्नासाथ बोरामा रहेको उक्त गाँजा र मोटरसाइकल छाडेर भागेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*