त्रिशूलीमा बस खस्दा ५ को मृत्यू , घटनाको पूर्ण विवरण आउँदै

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १४:५६
File Photo

मकवानपुर ११ साउन । त्रिशूलीमा भएको बस दुर्घटनामा परी ५ जनाको मृत्यू भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खसेको थियो ।

ना ६ ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर निकाल्दै गर्दा ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

मृत्यु हुनेमा ३ जना पुरुष र २ महिला रहेका त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*