बोहराको कारण अश्मिता र रामबाबुको प्रेम सम्बन्ध छुट्यो

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १२:१७

मकवानपुर ११ साउन । प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत घायल मुटु बोलको रहेको छ । रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ ।

शिबराम तिमल्सिनाको प्रस्तुति रहेको घायल मुटु बोलको गीतमा राजु बोहरा र पार्वती कार्कीले स्वर दिएका छन् । प्रस्तुत गीतलाई लय माधव खड्काले तयार गरेका हुन् भने शब्द गायक स्वयम् राजु बोहराको रहेको छ । कृष म्युजिक प्रालिको ब्यानरमा बनेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन राम कृष्ण चौलागाईं र सम्पादन भगवान दाहालले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*