हेटौँडामा ट्राफिक नियम मिच्ने ४० वटा अटो तथा ई–रिक्सालाई कारवाही

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १९:०२

मकवानपुर, ०७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा ट्राफिक नियम मिच्ने ४० वटा अटो तथा ई–रिक्सालाई कारवाही गरिएको छ ।

ट्राफिक ब्यवस्थापनमा समस्या भएका कारण ट्राफिक ब्यवस्थापन गर्नको लागि सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौँडा, प्रहरी चौकी बसपार्क तथा प्रहरी चौकी चौकीटोलबाट खटिएको टोलीले ती अटो तथा ई–रिक्साहरुलाई कारवाही गरिएको हो ।

हेटौँडा नगरको बिभिन्न स्थानबाट सवारी चलाउन आवश्यक पर्ने कागजपत्र नभएको तथा सवारी नियम उल्लङघ गरी सवारी चलाएको कारण ती अटो तथा ई–रिकसालाई नियन्त्रणमा लिई उनीहरुलाई एक पटकको लागि सचेत गराई सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक प्रहरीबाट कारवाही गरी छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*