मनहरीमा क्युकोसेन कराँते संघ गठन

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १९:३९

मकवानपुर, ०७ साउन । पश्चिम मकवानपुरको मनहरीमा क्युकोसेन कराँते संघ गठन गरिएको छ ।

नारायण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय मनहरी क्युकोसेन संघ गठन गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । संघको उपाध्यक्षमा प्रकाश लामा स्याङ्तान , कोषाध्यक्षमा बिमला घलान , सचिवमा नविन मुक्तान चयन भएका छन । त्यस्तै सदस्यहरुमा रवय सिं लामा , जनक ब्लोन , राजेन्द्र स्याङ्तान , भरत ब्लोन , प्रसोद राई र बाबु थिङ चयन भएका छन् ।

कार्यक्रम जिल्ला खेलकुद समिति मकवानपुरका अध्यक्ष माधब तिमल्सिना, क्युकोसेन कराँते संघका केन्द्रीय सचिव रोशन कपाली र केन्द्रीय सदस्य प्रेम लामा लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*