अन्तत : कानुनमन्त्री तामाङको पद खोसियो

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार ११:३६

काठमाडौँ ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङको पद खोसिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको सोमबार बसको बैठकले उनलाई राजिनामा दिन निर्देशन सहितको निर्णय गरेपछि मन्त्री तामाङको पद खोसिने भएको हो ।

सोही बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा दिन निर्देशन दिएको काठमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको निर्देशन बमोजिम उनलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि मन्त्री तामाङको पद खोसिएको स्रोतको जानकारी छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न परेको आफूले सुनेको उनले बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*