डा. केसीको सत्याग्रहप्रति समर्थन जनाउँदै नयाँ शक्ति मकवानपुरले बुद्धचोकमा प्रदर्शन गर्ने
मकवानपुर ८ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा . गोविन्द केसीको सत्याग्रहप्रति सर्मथन जनाउँदै नयाँ शक्ति पार्टी नेपाल मकवानपुले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गर्ने भएको छ ।
डा.केसीका जायज मागहरुको सम्बोधन गर्न सरकारलाई दवाव दिने उदेश्य सहित आफुहरुले शान्तिपुर्ण प्रर्दशन गर्ने तयारी गरेको नयाँशक्ति मकवानपुरका सचिव राजेन्द्र सिम्खडाले जानकारी दिए । प्रदर्शनको विषयमा बोल्दै सिम्खडाले भने हामी नारा जुलुस लगाउँदैनौं जनतालाई जे शन्देश दिनुपर्ने हो त्यो शान्तिपुर्ण रुपमै दिन्छौं ।
साँझ ५ बजे हेटौंडाको बुद्धचोकमा प्लेकार्ड सहितको प्रदर्शन हुने भएकोले सम्पुर्ण नागरीक समाज स्वास्थ्यकर्मी र पत्रकार सबैमा उपस्तिथिको लागि उनले अनुरोध समेत गरेका छन् ।
