समाचार

नेपाल कम्युनिष्ट पार्टीको नियमावली पारित

मकवानपुर २७ असार । नेपाल कम्युनिष्ट पार्टीले नियमावली पारित गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको हो । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन...

विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दै

मकवानपुर २७ असार । विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् । रुसमा जारी विश्वकप फुटबलमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो ।...

गाँजा बोकेको आरोपमा पक्राउ

भक्तपुर, २७ असार । सिन्धुली मरिनखोला–७ घर भई हाल मध्यपुर ठिमि नगरपालिका–५ कमरोटार डेरा गरी बस्ने ४७ वर्षीय शंकर तामाङलाई ८ सय ग्राम लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई सोही स्थानमा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको...

सत्र वर्षीया सौतेनी आमा बालिका हत्याको आरोपमा पक्राउ

सुनसरी, २७ असार । बालिकाको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । २०७५ असार १ गते सोही स्थान बस्ने अर्जुन लिम्बुको ६ वर्षीया छोरी अपेक्षा लिम्बु खाना खाई सुत्न गएको अवस्थामा असार २ गते कोठामा बेहोश अवस्थामा...

राजधानी रहने जिल्लामा मकवानपुर पुछारमा, काभ्रे सिरानमा

हेटौंडा, २७ असार । ३ नम्बर प्रदेशको स्थायी राजधानी रहने सम्भावित जिल्लाहरुको सूचिमा हाल अस्थायी राजधानी रहेको मकवानपुरलाई सबैभन्दा पुछारमा राखिएको छ । प्रदेश ३ को राजधानी बारे सम्भाव्यता अध्ययन गर्न गठन भएको विशेष समितिले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मकवानपुरलाई वर्णानुक्रमको आधारमा भन्दै अन्तिम स्थानमा र काभ्रेलाई...

शिवम् सिमेन्ट साधारण शेयर जारी गर्ने पहिलो कम्पनी बन्दै

मकवानपुर, २७ असार । मकवानपुरको हटियामा उद्योग रहेको शिवम् सिमेन्टले सर्वसाधारणका लागि शेयर जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि उद्योगले मकवानपुरवासीलाई प्रतिशेयर ३ सयका दरले शेयर जारी गर्न लागेको हो । मकवानपुरबाहिरका नागरिकको लागि भने प्रतिशेयर ४ सय पर्छ ।  शिवम् सिमेन्ट लिमिटेड प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) जारी...

पदमपोखरी वनस्पतिमा कुकुर आतङ्क

मकवानपुर, २७ असार । हेटौँडा–१३ बनस्पतिमा कुकुरको आतङ्कले स्थानिय त्रसित भएका छन् । ठुलो कुकुरले मानिस देख्न साथ आक्रमण गर्नाले विद्यालय जाने विद्यार्थी, बाटोमा हिँड्ने सर्वसाधारण र खेतमा काम गर्ने किसानहरु त्रसित भएको स्थानियले बताएका छन् । २ दिन अघि हेटौँडा–१० राप्ती खोलामा माछा मार्न गएका स्थानीय विरबहादुर हिम्डुङलाई...

भिमफेदी गाउँपालिकाका ४२ जना आमाहरुले पाए सुरक्षा भत्ता

मकवानपुर २६ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा आज सुत्केरी प्रोत्साहन भत्ता वितरण गरीएको छ । भिमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्र्तगत आमा र बच्चाको सुरक्षाको लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ भत्ता वितरण गरीएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिईन । उपाध्यक्ष रानाको अनुसार करीब १ सय...

हेटौँडाको मासु पसलबाट मासु र टिभी चोर्ने पक्राउ

मकवानपुर, २६ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा मुन्ना अन्सारीको समिर मिट सपबाट मासु तथा टिभी चोर्नेलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार मासु पसलबाट चोरी गर्ने हेटौँडा ५ का २५ वर्षीय आकाश महतलाई पक्राउ गरिएको हो । उनलाई हेटौँडा ४ स्थित सडक किनारमा बोरामा...

आगलागी पीडितलाई मकवानपुर कोरिया मञ्चको सहयोग

मकवानपुर, २६ असार । मकवानपुर कोरिया मञ्चले मकवानपुरको मनहरी गाउँपालिका १ गोगनपानीका आगलागी पिडीत परिवारलाई आर्थिक सहयोग गरेको छ । मञ्चका कार्यबहाक अध्यक्ष किशोर ब्लोन नियोग र सदस्य हेन्सल लामाको सक्रियतामा दक्षिण कोरियामा संकलित ९५ हजार २ सय २३ रुपैँया रकम आगलागी पिडीत अकिलमान घलानलाई हस्तान्तरण गरिएको हो ।...