दुबईबाट फर्किएपछि न्यू मिडियाको धन्यवाद

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १९:५८

मकवानपुर । न्यू मिडिया प्रा.लिले युएईको दुबईमा आयोजना गरेको हेटौंडा जर्नालिज्म् अवार्डपछि हेटौंडामा सहयोग गर्ने तथा नोमिनेशमा पर्नेहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

प्रा.लिका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश नम्बर ३ का नेता इन्द्रबहादुर बानियाँले पत्रकारहरुले स्वतान्त्रतापूर्वक कमल चलाउनु पर्ने बताए । विचार आ आफ्नो ठाउँमा रहने भन्दै नेता बानियाँले पत्रकारले सत्य तथ्य समाचार संकलन गर्नुपर्ने बताए ।

कार्यक्रममा बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रिय, निर्माण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुली, नारायणी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, उद्योग संघका अध्यक्ष नवराज अर्याल, दुबई पुगेर फर्किएकाहरुको तर्फबाट कृष्णराज कोइराला लगायतले आफ्नो धारणा राख्दै यस्ता कार्यक्रमहरु निरन्तर भइरहनु पर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*