डा. केसीको जिवन रक्षाका लागि मकवानपुर जागरण अभियानले बुद्धचोकमा र्याली गर्ने
मकवानपुर ६ साउन । चिकित्सा शिक्षा सुधारको माग सहित १५ औं पटक अनसनरत डा.गोविन्द केसीको जिवन रक्षाका लागि मकवानपुर जागरण अभियानले हेटौंडामा शान्तिपुर्ण र्याली गर्ने भएको छ ।
डा.केसीको मागहरुको संबोद्धन र उनको जिवन बचाउनको लागि सरकारलाई दवाव दिने उदेश्य सहित आफुहरुले र्याली गर्न लालेको अभियानका अध्यक्ष कृष्णराज कोईरालाले जानकारी दिए ।
उनले भने “स्वास्थ्यनै धन हो, मानिस स्वस्थ रहे मात्र मानवजिवन सबल हुन्छ, डा. केसीले पनि सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुगोस र चिकित्सा क्षेत्र सुधार लगाएतको विषय उठाउनुभएको छ, उनको माग जाएज छ ,हामी यसको समर्थन जनाउँछौं ।”
हेटौंडाको बुद्धचोकमा साँझ ५ बजे र्याली हुने जानकारी गराउँदै उनले, नागरीक समाज सर्वसाधारण, पत्रकार लगाएत सम्पुर्णमा उपस्तिथिको लागि अनुरोध समेत गरेका छन् ।
