समाचार

नेवाःताम्सालिङ समन्वय समितिको ‘काठमाडौं घोषणा पत्र’ले पहिचान र अधिकारको आन्दोलनमा धक्का पुर्याउँछ–गोले

हेटौँडा, २६ असार । मकवानपुरे युवा नेता शुभरत्न गोलेले नेवाः ताम्सालिङ समन्वय समितिले गत जेठ १५ गते जारी गरेको काठमाडौँ घोषणा पत्रले पहिचान र अधिकारको आन्दोलनमा धक्का पुराउने बताएका छन् । उक्त घोषणा पत्रमा त्रुटी भएको भन्दै उनले त्यसको खुलेर विरोध समेत गरेका छन् । प्रदेशको नामाकरण,राजधानी र अन्य...

सवारी दुर्घटनामा हेटौँडाका १ सहित ३ जनाको मृत्यू

हेटौँडा, २६ असार । मकवानपुरको हेटौँडासहित देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित सडकमा एनएल ०१ एए ०५४३ नम्बरको भारतीय ग्याँस बुलेटले सोमबार साईकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको छ । बारा अम्लेखगंज घर भएका ५०...

करेन्ट लागेर २ जनाको मृत्यू

काठमाडौं, २६ असार । मुलुकका दुई छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–१ स्टेश्न रोड स्थित राकेशकुमार साहको घरमा रहेको ओम बचत तथा ऋण सहकारी संस्थामा सरसफाई तथा चिया पकाउने काम गर्दै आएका ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–७ बस्ने २२ वर्षीय भोजकुमार भुजेलको करेण्ट लागेर...

२ जनाको डुबेर मृत्यू

काठमाडौँ, २६ असार । मुलुकका दुई स्थानहरुमा दुई जनाको डुबेर मृत्यू भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सुनसरी र सिराहामा गरी २ जनोका डुबेर ज्यान गएको हो । सुनसरीको ईटहरी नगरपालिका-१७ बस्ने ७० वर्षीय प्रेमबहादुर श्रेष्ठ घर नजिकै रहेको खर्चना खोलामा सोमबार डुबेर मृत अवस्थामा फेला परेका...

लागुऔषधसहित २ जना पक्राउ

सुनसरी, २६ असार । धरान-१६ बस्ने २१ वर्षीय मनिस ठकुरी र १८ वर्षीय जिबन ठकुरीलाई लागूऔषध नाईट्रोजन १ सय ८० एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । ईटहरी-१ आपगाछिमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको को १.ह ६७११ नम्बरको ट्याम्पु जाँच गर्ने क्रममा ट्याम्पुमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध...

सालकको खपडा बोक्ने पक्राउ

काठमाडौं, २६ असार । नुवाकोट ककनी गाँउपालिका-२ घर भएका ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १ सय ५ ग्राम सालकको खपटा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा बा‍.७९ प १७०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक घिमिरे र मोटरसाइकलमा सवार थापाले पानी...

हेटौँडा चिसापानीबाट छोरीको बलात्कार गर्ने झड्केला बुवा पक्राउ

मकवानपुर, २६ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ चिसापानीमा आफ्नै छोरीलाई बलात्कार गर्ने एक झड्केला बुवालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ३५ वर्षीय उनले यही असार १५ गते मध्यराति आफ्नै घरमा सुतिरहेकी १३ वर्षीया छोरीलाई जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बलात्कार...

अलपत्र भर्ना अभियान–विद्यालयमा भर्ना गरेपछि मुख्यमन्त्री पौडेलदेखि सांसदसम्मको बेवास्ता

मकवानपुर, २६ असार । विद्यालयमा भर्ना अभियानका क्रममा केही विद्यार्थीहरुको अभिभावक बन्दै हल्लाखल्ला गरेर दैनिक पत्रिका, टेलिभिजन तथा अनलाईन तताएका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलदेखि सांसदहरुले भर्ना पश्चात भने ती विद्यार्थीहरुलाई बेवास्ता गरिएको भेटिएको छ । सरकारले चलाएको विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेका मुख्यमन्त्री डोरमणि...

‘वातावरण राम्रो भए पुरै जिल्लामा साझा बस हाल्छौँ’–भेष खड्गी

मकवानपुर, २६ असार । केही समयदेखि हेटौँडा नगरीमा ‘मकवानपुर साझा यातायात नगर बस’ संचालनमा आएको छ । हेटौँडाका केही व्यवसायीहरुले बस संचालनमा ल्याएका हुन् । छोटो समयमा नै हेटौँडावासी मन जित्न सफल साझा यातायातले वातावरण मिलेमा अरु थप नगर बस संचालनमा ल्याउने जनाएको छ । यसै सन्दर्भमा मकवानपुर साझा...

हेटौँडामा होला त राजधानी ? संघीयताको मर्म लत्याएर प्रदेशको नामाकरण गर्ने दाउमा प्रदेश सरकार

हेटौँडा, २६ असार । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आउँदो साउन ३ गते बस्दै छ । साउन ३ को बैठकबाट नै प्रदेश नम्बर ३ को स्थायी राजधानी र नामका विषयले समेत चर्को स्वरुपमा चर्चा पाउने लगभग तय भइसकेको छ ।यो अवधीमा राजधानी रहने स्थानको विषयमा गठित समितिले समेत...