हेटौंडामा विभिन्न कार्यक्रम गरी ५६ औं इन्जिनियर दिवस मनाईयो

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १३:५३

मकवानपुर ५ साउन । मकवानपुरको हेटौंडामा विभिन्न कार्यक्रम गरी ५६ औं इन्जिनियर दिवस मनाईएको छ ।
इन्जिनियर दिवसको अवसरमा बिहिवार विहान हेटौंडाको बुद्धचोकबाट प्रभात फेरि र्‍याली गरिएको थियो ।

र्‍यालीले बुद्धचोक हुदै पिपलबोट मानसचोक संगमचोक अजरमररोड भएर पुनः बुद्धचोकमापुगी कोण सभामा परिणत भएको थियो । यसैगरि साँझमा बुद्धचोकमै दिप प्रज्वलन कार्यक्रम गरि सँस्कृतिक कार्यक्रम समेत गरीएको नेपाल इन्जिरियर्स एशोसियसन क्षेत्रिय केन्द्र हेटौंडाका सदस्य इन्जिनियर अनिल बानिँयाले जानकारी दिए ।

नेपाल इन्जिनियर्स एशोसियसन क्षेत्रीय केन्द्र हेटौंडाको आयोजनामा भएको कार्यक्रममा एशोसियसन क्षेत्रिय केन्द्र हेटौंडाका अध्यक्ष दिलिप कुमार बर्माको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमूखहरु लगायत इन्जिनियरहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*