समाचार
मनहरीमा बाढीबाट बस्ती जोगाउन भङ्गालो नियन्त्रण
मकवानपुर, २७ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुर बस्ती पछाडी रहेको राप्तीखोला प्रतापपुर बस्तीमा पस्ने संभावना बढेपछि आजबाट भङ्गालो नियन्त्रण कार्य सुरु भएको छ । गत साल गएको बाढीले प्रतापपुरको बाँध नजिकै रहेको भङ्गालो प्रतापपुर बस्तीपट्टि पारेको थियो । वर्षातको समय सुरु भएलगत्तै त्यहाँका स्थानीयहरु...
लालीगुराँस नगरपालिकामा ट्र्याक्टर पल्टिदा १ जनाको मृत्यु
तेह्रथुम, २७ असार । लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ विभिन्न सञ्चारमाध्ययमहरुले जनाएका छन् । को २ त ४०५३ नं को ट्र्याक्टर लालीगुराँस नगरपालिकाको वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते लिम्बूको...
काठमाडौँबाट चोरी भएको मोटरसाईकल हेटौँडाबाट फिर्ता
मकवानपुर, २७ असार । वि.सं. २०७४ साल मंसीर ७ गते मध्यरातमा काठमाडौँको बुढानिलकण्ठबाट चोरी भएको मोटरसाईकल हेटौँडामा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । यही असार २३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधुकुमार थापा समेतको कमाण्डमा खटीएको चेकिङ टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ फायरलाईन जंगलबाट...
मकवानपुर प्रहरीद्वारा ९ थान मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता
मकवानपुर, २७ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका तथा चोरी भएका विभिन्न मोडलका मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता गरेको छ । कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटेको बिशेष टोलीले फेला पारेको मोबाईल आज हस्तान्तरण गरिएको हो । प्रहरीले हेटौँडा ५ बस्ने उमा रुम्बा, हेटौँडा...
त्रिशुलीले बगाउँदा प्रल्लाद गायब, १ को डुबेर मृत्यू
काठमाडौँ, २७ असार । दुई छुट्टा–छुट्टै स्थानमा भएको घटनामा परी १ जनाको ज्यान जानुका साथै एक जना बेपत्ता भएका छन् । धादिङको गल्छी गाँउपालिका–४ रुम्टा बगरस्थित त्रिशुली नदीमा नुहाउने क्रममा खोटाङ बारा पोखरी गाउँपालिका–१ कात्तिके घर भई हाल रुम्टा बगरमा काम गर्ने १९ वर्षीय प्रल्लाद राय नदीले बगाई बेपत्ता...
सवारी दुर्घटनामा ३ को मृत्यू
काठमाडौँ, २७ असार । मुलुकका छुट्टा–छुट्टै स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । नवलपरासीको बर्दघाट (सुस्ता पूर्व) बिनयी त्रिबेणी गाउँपालिका–६ शिवपुरस्थित सडकखण्डमा लु.३ त १०७४ नम्बरको ट्याक्टरले मंगलबार सोही ठाउँ बस्ने ४५ वर्षीय पैदलयात्री रमेश थापालाई ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर र...
सवारी दुर्घटनामा आमाको मृत्यू, छोरी घाईते
ललितपुर, २७ असार । ललितपुरको ललितपुर महानगरपालिका–१४ थसीखेलमा सवारी दुर्घटनामा परी एक महिलाको ज्यान जानुका साथै उनकी छोरी घाईते भएकी छिन् । बा.१ ख ९२५४ नम्बरको बसले बा.७५ प ५६४७ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिंदा स्कुटर चालक खोटाङ घर भई हाल ललितपुर बस्ने ३८ वर्षीया सुनिता कार्कीको मृत्यू भएको...
तास खेल्ने १० जना पक्राउ
भक्तपुर, २७ असार । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबराही बस्ने ३४ वर्षीय देवकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेका देवकृष्ण सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ४३ हजार ३ सय ५ रुपैँया र २ बुक तास सहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले...
लहानमा ५० गर्भवती महिलालाई बाख्रा वितरण
लहान २७ असार । लहानमा गर्भवती महिलाहरुलाई आज बाख्रा वितरण गरीएको छ । नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको हो । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०÷१० दलित विपन्न...
नगद र सुनसहित २ जना पक्राउ
बैतडी, २७ असार । बैतडीको दशरथ चन्द नगरपालिका–८ स्थित नेपाल–भारत सिमानामा नेपालतर्फ आउँदै गरेका भारत बिथौलागढ जिल्ला झुलाघाट बस्ने ४२ वर्षीय जगदिश बर्मालाई भारतीय नगद २४ हजार ३ सय ९० रुपैयाँ र ६० ग्राम सुन सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्यस्तै सोही स्थानमा नेपालबाट भारततर्फ जाँदै गरेका...










