विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको ८२ वर्षको उमेरमा निधन

तु खबर संवाददाता
२०७५ श्रावण ६, आईतवार १४:२६

काठमाडौँ, ६ साउन । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ ।

सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष हुनुहुन्थ्यो । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गरेका थिए ।

पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उहाँलाई निमोनिया रोग पनि देखिएको थियो । उनको निधन भने हृदयाघातका कारण भएको महासंघका महासचिव अस्मिता भण्डारीले जानकारी दिएको राससले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*