सरकारले दमन गरेको भन्दै तरुणदल मकवानपुले गर्यो जिल्ला प्रशासनमा धर्ना
मकवानपुर ६ साउन । नेपाल तरुण दलको शान्तिपुर्ण प्रर्दशनमा पनि सरकारले दमन पुर्ण व्यवहार गरेको भन्दै तरुण दल जिल्ला कार्यासमिति मकवानपुरले आज आईतवार हेटौँडामा प्रर्दशन गर्नुको साथै जिल्ला प्रशासन कार्यालय परिषरमा समेत धर्ना दिएका छन् ।
हेटौंडाको मानसचोकबाट सुरु भएको र्यालीले हेटौंडाको मुख्य चोकहरु हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुग्दा सरकार विरोधी नारा समेत लगाएका थिए । सोहि र्याली प्रशासनको परिषर पुगेपछि धर्नामा परिणत भएको थियो ।
हिजो काठमाण्डौँको बानेश्वरमा शान्तिपुर्ण प्रदर्शनमा पनि सरकारले दमन गर्न खोजको कारण संगठनका दर्जनभन्दाबढी कार्यकर्ता घाईते भएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको तरुणदल नगरकार्यसमितिले जानकारी दिएको छ । तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको र यो लोकतन्त्रको लागि खतरा रहेको भन्दै सरकारको यो रबैयाको विरुद्धमा आफुहरु सधै लागि पर्ने बताए ।
तरुण दल मकवानपुरले वानेश्वर घटनाको दोषिलाई कारवाही, घाईतेलाई उपचार सहितको ब्यवस्था हुनुपर्ने, शन्तिपूर्ण धर्नालाई दमन गर्न नपाउने माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत तरुणदलका जिल्ला अध्यक्ष पाठकले जानकारी दिए ।
