मकवानपुरको विभिन्न स्थानमा महिला कृषक समुह गठन

तु खबर संवाददाता
२०७५ श्रावण ६, आईतवार १३:३४

मकवानपुर ६ साउन । मकवानपुर जिल्लाभरी कार्यक्षेत्र रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषिमार्फत महिलालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ । सोही क्रममा शनिबार हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ७ वटा महिला कृषक समूह गठन गरेको छ ।
समूहमा आबद्ध रहेका सबैलाई सहकारीको शेयर सदस्य वितरण गरिएको छ भने बचत र कृषि ऋणको व्यवस्था पनि गरिने बताइएको छ । महिलाले नै नेतृत्व गरिरहेको दिव्यताराले पछिल्लो समय कृषि तथा महिलाको क्षेत्रमा आफ्नो कार्यक्रमलाई अघि बढाएको छ ।

सहकारीका कोषाध्यक्ष ईश्वर पण्डितको प्रमुख आतिथ्यतामा भएको महिला कृषि समूह गठन कार्यक्रममा कार्यसमिति सदस्य निलम देवकोटा, ऋण उपसमिति संयोजक ज्ञानेन्द्र बर्तौला र सहकारीका व्यवस्थापक रमेशप्रसाद कोइरालाले दिव्यताराले विभिन्न क्षेत्रमा गर्दै आएको कामको बिषयमा जानकारी दिंदै महिला कृषक समूह निर्माणको आवश्यकताको बिषयमा जानकारी दिएका थिए ।

दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले महिलालाई व्यवसायीकरणतर्फ लगाउँदै आर्थिक उपार्जनमा लगाउनु आवश्यक रहेकोले सहकारीले महिला कृषक समूह गठनलाई अघि बढाएको जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*