तरुण दल मकवानपुरको प्रदर्शनमा लाग्यो यस्तो नारा ( केपी ओली सरकार मुर्दावाद ) हेर्नुहोस् भिडियो

तु खबर संवाददाता
२०७५ श्रावण ६, आईतवार १५:४९
Featured Video Play Icon

मकवानपुर ६ साउन । नेपाल तरुण दल मकवानपुरले हेटौंडामा सरकार विरोधी नारा लगाएको छ । काठमाण्डौमा शनिवार भएको शान्तिपुर्ण प्रदर्शनमा पनि केपी सरकारले दमन गरको भन्दै हेटौंडामा सरकार विरोधी र्याली गरिएको तरुणदल मकवानपुरका अध्यक्ष इश्वर पाठकले जानकारी दिए ।

र्यालीले “केपी सरकार मुर्दाबाद” भन्दै नारा लगाएको थियो । हेटौंडाको मानसचोकबाट शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेपछि धर्नामा परिणत भएको थियो । तरुण दल मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*