तरुण दललाई प्रदर्शनमा कानुन उंलघन हुने कुनैकार्य नगर्न नेपाल प्रहरीको चेतावनी
काठमाण्डौ ६ साउन । नेपाल तरुणदललाई प्रदर्शनका क्रममा कुनैपनि कानुन उंलघन हुने कार्य नर्गन नेपाल प्रहरीले आग्रह गरेको छ ।
शनिबार बानेश्वरमा तरूण दलले गरेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालना तर्फ सर्वसाधरणाई सचेत गराउँदै कानुन विपरीत नभई शान्तिपुर्ण आन्दोलन गर्न अनुरोध गरेको छ । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि संचालन गर्न गराउन सबैसँग आग्रह गरे।
बानेश्वर घटनाको बारेमा प्रर्दशनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि बच्नको लागि अश्रुग्यास प्रहार गरीएको उनले स्पष्ट पारे ।
वानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रर्दशनकारीले अटेर गरेपछि भिडलाई तितरवितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उनले बताए।
