धरान उपमहानगरका प्रमुख सुब्बाप्रति श्रद्धाञ्जलि

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १५:२४

इटहरी, ५ साउन । धरान उपमहानगरपालिकाका प्रमुख तारा बहादुर सुब्बालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले श्रदाञ्जलि अर्पण गरेका छन् । उनले निष्ठावान् एवं कर्तव्यनिष्ठ योद्धा नेकपाले गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति हुनुका साथै धरानवासी र परिवारलाईसमेत ठूलो क्षति भएको समेत बताए ।

उपप्रधानमन्त्री पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख स्व सुब्बाको धरानस्थित पब्लिक माविको खेलमैदानमा राखिएको पार्थिव शरीरमा आज नेपालको राष्ट्रिय झण्डासहित पार्टीको झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*