वी.पी. स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको २ वडामा खाद्यान्न वितरण

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १८:११

मकवानपुर ५ साउन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक वी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा उपमहानगरपालिकाको दुई वडामा खाद्यान्न वितरण गरेको छ ।

नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता एवं व्यापार संघ मकवानपुरका संयोजक काब्यमणि अधिकारीको सभाध्यक्षतामा भएको हेटौंडा उपमहानगरपालिका १६ को साजबोटेका विपन्न र गरिब १८ घर परिवारलाई १८ बोरा चामल, दाल, तेल, नुनलगायतका खाद्यान्नहरु वितरण गरिएको हो ।

त्यसैगरी शनिबारै हेटौंडा उपमहानगरपालिका १५ सयफुटका चेपाङ र प्रजाका १९ विपन्न तथा गरिब घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
लोकतान्त्रिक व्यापार संघको सौजन्यमा १९ बोरा चामल, दाल, तेल, नुनलगायतका खाद्यान्नहरु वितरण गरिएको लोकतान्त्रिक व्यापार संघका संयोजक अधिकारीले बताए ।

खाद्यान्न वितरण कार्यक्रममा उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, सल्लाहकार दामोदर सुवेदी, उत्सव ईटेनी, १६ नम्बरका वडा अध्यक्ष रामकृष्ण कोईराला, १५ नम्बरका वडा अध्यक्ष महारत्न लामा, १३ नम्बरका पार्टी सभापति कृष्ण थिङ, तरुण अध्यक्ष ईश्वर पाठक, नेविसंघ अध्यक्ष राजु खतिवडा, तरुण जिल्ला सचिव सचित थापा, नेपाल प्रेस युनियनका सहसचिव सुजन विडारी, नेविसंघ जिल्ला सदस्य कविता बर्तौला, काँग्रेस ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, ब्यापार संघका कृष्ण कार्की, बसन्त कर्पौला, धर्मराज बानियाँ, विज्ञान रिमाल, संचारकर्मी गंगाप्रसाद पौडेललगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*