तिनताप्केमा बस दुर्घटना, घाईतेको संख्या दर्जन नाघ्यो

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १२:०६
File Photo

मकवानपुर, ०७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ तिनताप्केमा यात्रुबहाक बस दुर्घटना भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७०१ नंबरको यात्रुबहाक बस तीनताप्के ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा परि एक दर्जनभन्दा बढी यात्रुहरु घाईते भएका छन् ।

बसको स्टेरिङ फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाईते यात्रुहरुलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचारको लागि लगिएको छ । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*