तरुण दलका जिल्ला नेता पेस्तोल र खुँडासहित पक्राउ
नवलपरासी, ०७ साउन । गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेका तरुण दलका नवलपराशी जिल्ला नेता पक्राउ परेका छन् । तरुण दलका जिल्ला कमिटी सदस्य किशोर आचार्यलाई प्रहरीले चेकिङको क्रममा आइतबार साँझ बर्दघाटमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बा ९ च ९९६ नम्बरको गाडीमा सवार उनलाई राजमार्गमा पक्राउ गरिएको हो । उनी सवार गाडीको सिटको पकेटबाट मेड इन यूएसए लेखिएको पेस्तोल बरामद गरिएको र पेस्तोलको म्यागजिन खाली रहेको बताइएको छ ।
पक्राउ परेका आचार्यले आफुले साथीको गाडी केही दिनलाई लिएको र हतियारबारे जानकारी नभएको बताएका छन् ।
