अविरल बर्षाका कारण पाल्पामा पहिरो जाँदा तीन जना जनाको पुरिएर मृत्यू

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १६:४९
file-photo

रोल्पा ७ साउन । अविरल बर्षाका कारण पर्सामा गएराति पहिरो जाँदा ३ जनाको पुरिएर मृत्यू भएको छ । परिरोमा परि सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका हुन् ।

पहिरामा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय ओवी घर्ती भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । गोठमा रहेको एउटा गाईसमेत पुरिएको बताइएको छ । बेलुका खाना खाएर गोठमा सुत्न गएका उनीहरु बिहान अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा पहिरामा पुरिएको अवस्थामा भेटिएको बताइएको छ ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय सुलिचौरको टोली घटनास्थलतर्फ लागेको बताइएको छ । सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागे पनि पैदलयात्रा गरी जानुपर्ने भएकाले केही ढिलाइ भएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*